१७ बैशाख २०८१, सोमबार

भोजपुरी नायक खेसारी लाल नआएपछि बर्जु महोत्सवमा तोडफोड, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

barju mahotsav todfod1

सुनसरीको बर्जु गाउँपालिकामा बर्जु महोत्सवमा भारतका भोजपुरी कलाकार खेसारी लाल यादव नआउने भएपछि तोडफोड भएको छ।

आयोजकको पुर्वनिर्धारित कार्यक्रम अनुसार आज माघ ४ गते कलाकार यादव नआए पछि तोडफोड तथा आगजनि भएको हो। मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी नायक खेसारीलाल यादव आउने कार्यक्रम थियो । दर्शकले अन्तिम समयमा यादव नआउने थाहा पाउनासाथ स्टेजमा आगो लगाएका हुन् ।

आक्रोसित सर्वसाधारणले आयोजकले कार्यक्रमको टिकट विक्रि गरि ठगि गरेको भन्दै महोत्सवमा तोडफोड गरेका हुन्। बर्जु गाउँपालिका ६ चिमडी स्थित रहेको बर्जु तालको परिसरमा पुस २३ गते बाट सुरु भएको उक्त महोत्सवमा खेसारी लाल यादव आउने प्रचारप्रसार गरेको थिए।

बढ्दो कोरोनाको तेस्रो लहरका कारण सुनसरी प्रशासनले पुस २७ गते बाट महोत्सवमा रोक लगाएको भए पनि सुनसरी प्रशासनको नियमलाई अटेर गर्दे सामाजिक विकास केन्द्रको अगुवामा महोत्सव जारी नै रहेको थियो। खेसारी लाल यादवलाई हेर्न विहानै देखि सर्वसाधारणको भिड लागेको भए पनि गायक तथा कलाकार खेसारी लाल यादव आउन सकेन्न।

vanfire

कलाकार यादवको प्रस्तुति हेर्न नपाएपछि दर्शकहरु आक्रोशित बन्दै स्टेजमा तोडफोड गरेका छन्। कार्यक्रम तथा प्रस्तुति हेर्नकालागि सुनसरीका विभिन्न पालिकाका सर्वसाधारणहरुको भिड लागेको थियो ।

विहान ११ बजे देखि नै खेसारी लाल यादवको कार्यक्रम हेर्न टिकट काटेर कुर्दै बसेका सर्वसाधारण अबेरको ४ बजे सम्म खेसारी लाल यादव नाआउने पक्का भएपछि आक्रोसित बन्दै स्टेजमा तोडफोड गरेका हुन्।

आक्रोसित सर्वसाधारणले भारतीय ४ ओटा स्कार्पिओमासमेत आगो लगाएका छन् । आगलागीबाट टेबल, कुर्सी, साउन्ड सिस्टम जलेर पूर्ण रूपमा नष्ट भएको छ । तोडफोडबाट ठूलो जनधनको क्षति भएको बताइएको छ ।

भिडलाई नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । घटनास्थललाई नियन्त्रणमा लिनका लागि मोरङ र सुनसरीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

barju mahotsav