
फाइल फोटो
सरकारले यसैसाता स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषण हुने बताउनुभएको हो । समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने बताउनुभएको हो ।
मन्त्री खतिवडाले पाँच दलीय गठबन्धन समयमै चुनाव गर्नुपर्छ भन्नेमा अडिग रहेको बताउदै अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको चुनावको मिति टुंग्याउने जानकारी दिनुभयो ।
विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।