७ बैशाख २०८१, शुक्रबार

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेमबहादुर आलेलाई कोराना संक्रमण

prem ale
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेमबहादुर आलेलाई कोराना संक्रमण भएको छ । आज बिहान एन्टिजेन्ट परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो।

‘रूघाखोकी र पखला लागेपछि एन्टिजेन्ट परीक्षण गरेको थिएँ, पोजेटिभ रिपोर्ट आयो,’ मन्त्री आलेले सेतोपाटीसँग भने, ‘पिसीआरका लागि स्वाब दिएको छु, बेलुकीसम्म रिपोर्ट आउला।’

आफूलाई ज्वरो पनि आइरहेकोले निवासमा आराम गरिरहेको मन्त्री आलेले जानकारी दिए। ‘काम धेरै थियो, बिरामी परेर बर्वाद भयो,’ उनले भने, ‘आशा छ भरैको रिपोर्ट नेगेटिभ आउला।’ मन्त्री आले पछिल्लो समय अनुगमनलगात काममा व्यस्त थिए।