१६ बैशाख २०८१, आईतवार

अस्ट्रेलियाबाट देशनिकाला टेनिसस्टार नोभाक जोकोभिच

novak djokovic melbourne

विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् ।

३४ वर्षीय जोकोभिचको भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अस्ट्रेलियाबाट देशनिकाला गरिएको हो ।

उनको भिसा रद्द गर्ने एक मन्त्रीको फैसलालाई सङ्घीय अदालतले सदर गरेपछि आइतवारै उनी मेलबर्नबाट दुबईको उडानबाट बाहिरिएका हुन्।

सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत भनेको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने फैसला गरेका हुन् ।

अदालतको फैसलासँगै जोकोभिचले गत वर्ष जितेको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन्।

अदालतको निर्णयपछि जोकोभिचले आफू “एकदमै निराश” भएको भए पनि निर्णयलाई सम्मान गर्ने बताएका छन्।

“यो देशबाट म बाहिरिनका लागि सम्बन्धित निकायलाई सहयोग गर्नेछु,” उनले एक वक्तव्यमा भनेका छन्।

“गएको साताहरू ममाथि नजर केन्द्रित भएको कुराले म असहज छु र म आशा गर्छु कि अब हामी सबै मैले माया गर्ने खेल र प्रतियोगितामा केन्द्रित हुनेछौँ।”

1610998780927