१५ चैत्र २०८०, बिहीबार

साविक विजेता नोभाक विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश

विम्वल्डन जोकोभिच

अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार राति सेन्टर कोर्टमा शीर्ष वरियताका जोकोभिचले  थानासीमाथि ६-१,६-४,  ६-२ को जित निकाले ।

अब, तेस्रो चरणमा जोकोभिचले मिओमिरसँग खेल्ने छन् ।