१४ बैशाख २०८१, शुक्रबार

झापाका जेनिश उप्रेतीले जिते ‘द भ्वाइस किड्स’को उपाधि

jenish

झापाका जेनिश उप्रेतीले जिते बाल गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’को पहिलो सिजनको उपाधि । आज भएको ग्रान्ड फिनालीमा विजयी भएसँगै उप्रेतीले १५ लाख रुपैयाँ पनि नगद पुरस्कार प्राप्त गरेका छन् ।

फिनालीमा आठजना प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए । दर्शकको प्राप्तको मतको आधारमा विजेता घोषणा गरिएको द भ्वाइस किड्सका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए ।

२० हजार सहभागी मध्ये डिजिटल अडिशनमा एक सय जना ब्लाइन्ड अडिसनमा सहभागी थिए । प्रत्येक टिममा १२ जनाका दरले ४८ जना ब्लाइन्ड राउण्डबाट छानिएका थिए । २४ जना लाइभका लागि छानिए। त्यस पछि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका थिए ।

उपाधि जितेपछि जेनिशले भने–‘मलाई परिवारले एकदमै साथ दिनुभएको छ । मलाई गाइड गर्ने सबै कोचहरुलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु । मैले ममीको सपना पुरा गर्न सकेकोमा गर्व गर्न चाहन्छु । दर्शकलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।’

यस रियालिटी शो द भ्वाईस किड्सको निर्णायकमा प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार थिए । शो शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट योे शोे प्रशारण हुँदै आएको थियो ।

    सम्बन्धित समाचार...