१५ चैत्र २०८०, बिहीबार

चार वर्षदेखि ओच्छ्यानमा थलिएका बिरामी कोरोना खोपले उठेर हिँडे

jharkhand corona vaccine 768x432 1

कोरोना भाइरसको तेस्रो महामारीका कारण छिमेकी राष्ट्र भारतमा खोप लगाउने कार्य तीब्र गतिमा भएको छ । यस सन्दर्भमा कोरोना खोपसँग सम्बन्धित रोचक तथ्य सार्वजनिक भएको छ ।

भारतको झारखण्ड राज्यमा प्यारालाइसिसले विगत चार वर्ष थलिएका बिरामी कोरोना भ्याक्सिन लगाएको भोलिपल्ट उठेर हिँड्न थालेको बताइएको छ । उनमा खोपले पारेको प्रभावलाई देखेर सबै अचम्ममा परेका छन् । विगत चार वर्षदेखि थलिएका उनी अचानक कसरी ठीक भए भन्ने नौलो तथ्य सार्वजनिकले अनुसन्धानमा खटिने वैज्ञानिकका लागि पनि नयाँ कुरा भएको हो ।

झारखण्ड राज्यको सलगाडीह गाउँमा बस्ने ५५ वर्षका दुलारचन्द मुण्डा पछिल्लो चार वर्षदेखि प्यारालाइसिस भएर ओच्छ्यानमै थिए । तर उनलाई कोरोना भाइरसको पहिलो डोजले नै उनी ठीक भएका छन् । रिपोर्टस्का अनुसार उनले कोरोनाको कोभिशील्ड खोपको पहिलो डोज लगाएका थिए ।

ती व्यक्तिले आफू खोप लगाएर पहिलेको बिरामी पनि ठीक भएकाले धेरै नै खुसी भएको बताए । उनको एक सडक दुर्घटनामा घाइते भएर हिड्न र बोल्न सकिरहेका थिएनन् ।

कोरोना खोपका कारण उनकाे स्वास्थ्यमा आएको परिवर्तनका बारेमा जाँच गर्न एक तीन सदस्यीय मेडिकल टीम गठन भएको छ । सिभिल सर्जन डा. जितेन्द्र कुमारले ती व्यक्तिमा भएको चामत्कारिक परिवर्तन आफू अचम्ममा परेको बताएका छन् ।

अघिल्लो वर्षको जुलाई महिनामा पनि एक यस्तै प्रकारको घटना घटेको थियो । भारतको छत्तिसगढको कबीरधाम जिल्लामा एक व्यक्तिले कोरोना खोपले प्यारालाइसिस ठीक भएको दाबी गरेको बताइएको थियो । ती व्यक्तिको दायाँ हात तीन वर्षदेखि चलेको थिएन । यसबारेमा भारतको स्वास्थ्य विभागले भने कुनै पनि प्रतिक्रिया दिएको छैन ।