८ बैशाख २०८१, शनिबार

के समान्था सलमानकी नयाँ प्रेमिका ?

Salman Khan

बेला बेलामा बलिउड अभिनेता सलमान खानको बलिउड र हलिउडका अभिनेत्रीहरुसँग नाम जोडिने गरेको छ।

सलमानको प्रेमिकाको रुपमा संगीता बिजलानी, सोमी अली, फरीया आलम, ऐश्वर्या राय, कट्रिना कैफ, लुलिया भन्तुरलगायतका कलाकारहरुसँग नाम पहिला जोडिएको थियो। पछिल्लो समय सामन्था लोकवुडसँग सलमानको प्रेम सम्बन्ध रहेको समाचार बाहिरिएको छ।

अब सबैको मनमा एउटै प्रश्न रहेको छ के सलमानको नयाँ प्रेमिका समान्था नै हनु त? सलमान प्रेम प्रसंगका विषयले चर्चामा पाए पनि अहिलेसम्म सिंगल रहेको बताउँछन्। तर अहिले समान्थासँगको सम्बन्ध चर्चाको विषय बनेको छ।

बलिउड हंगामालाई अन्तरर्वार्ता दिर्दै समान्था भन्छिन् -‘मलाई लाग्छ मानिसहरु केही नभए पनि धेरै कुरा गर्छन्। मैले सलमानलाई भेटेको छु। उनी धेरै राम्रो मान्छे हुनुहुन्छ। मलाई थाहा छैन मानिसहरु यति धेरै बिचार काहाँबाट ल्याउँछन्।’ उनी अझ भन्छिन्, ‘मैले सलमानलाई मात्र होइन ऋतिक रोशनलाई पनि भेटेको छु, तर उनीसँग नाम जोडेर कसैले केही भनेनन्। त्यसैले मलाई थाहा छैन यस्तो खबर कहाँबाट आउँछ।’

अन्तरर्वार्तामा सलमानको ‘सुल्तान’ फिल्म आफ्नो मनपर्ने बलिउड फिल्म रहेको बताइन्। समान्था केही दिनअघि सलमानको जन्मदिन पार्टीमा गएकी थिइन्।

उनले सलमानलाई मात्र चिनेकी थिइन्, तर त्यो पार्टीमा गएपछि अन्य कलाकारलाई पनि चिन्ने मौका पाइन। पार्टीमा सबैको तारीफ गरेकी थिइन्। केही समयअघि समान्था भारत आउँदा ऋतिकसँग भेट्दै आफ्नो इन्स्टाग्रममा तस्वीर सार्वजनिक गरेकी थिइन्।

ritik