२४ बैशाख २०८१, सोमबार

लकडाउनमा दिइएको सबै सवारी पास खारेज

lock down

जिल्ला प्रशासन कार्यालय धनुषाले लकडाउन अवधिमा आवागमन गर्न जारी गरिएको सवारी पास खारेज गरेको छ। पासको दुरुपयोग गरिएको र अनावश्यक आवतजावतले जोखिम बढेको गुनासो आएपछि प्रशासन कार्यालयले यसअघि जारी गरेको सवारी पास खारेज गरेको हो।

कारोनो भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले एकसाता अघिदेखि लकडाउन लागू गरेको थियो। लकडाउन अवधिमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आव्हान गरिएपछि अत्यावश्यक सेवा प्रदान गर्ने संघसंस्था तथा व्यक्तिका लागि सबै जिल्लाका प्रशासन कार्यालयले सवारी पास जारी गरेका थिए।

प्रशासन कार्यालयले सवारी पास खारेज गरेसँगै गृहमन्त्रालयको सवारी साधन अनुमति पत्र कार्र्यिवधि २०७६ बमोजिम स्वास्थ्य संस्था, एम्बुलेन्स, शवबाहन, दमकल र संचारकर्मीलगायतलाई सवारी आवश्यक नपर्ने भनी सूचना जारी गरेको छ।

सूचना अनुसार कूटनितिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्था, झण्डावाल सवारी, स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, फर्र्मािसस्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत कर्मचारी, औषधी ढुवानी, उत्पादन, बिक्री वितरणमा कार्यरत जनशक्तिलाई पनि सवारी पास नचाहिने उल्लेख गरिएको छ।

त्यस्तै, खानेपानीको मर्मतसम्भार, वितरणमा संलग्न जनशक्ति, फोहरमैला व्यवस्थापनमा परिचालित जनशक्ति, ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति र अत्यावश्यक सेवा तथा वस्तु ढुवानी गर्ने मालबाहक सवारी साधनलाई पनि सवारी पास अनिवार्य गरिएको छैन। अरुको हकमा कडाइ गर्ने निर्णय गरेको छ।

bigyapti