१३ बैशाख २०८१, बिहीबार

चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आज पनि बारको प्रदर्शन

bar41636953698
फाइल फोटो

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीले आज पनि प्रदर्शन गरेका छन् ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले न्यायालयलाई स्वच्छ बनाइ गति प्रदान गर्न आन्दोलन जारी राखेको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो ।

अधिवक्ता रामचन्द्र सिम्खडाले न्यायपालिकाभित्रको विकृति, विसंगति र त्यसभित्र रहेका भ्रष्टतन्त्रलाई उन्मूलन गरेरै छोड्ने बताउनुभयो ।

अधिवक्ता सिम्खडाले न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्नुपर्नेसमेत बताउनुभयो ।