८ बैशाख २०८१, शनिबार

सिंहदरबारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा पूर्वराजा ज्ञानेन्द्रद्वारा माल्यार्पण

gyanendra

पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

मंगलबार समर्थकहरुसहित सिंहदरबारको मूलगेट अगाडि पुगेका शाहले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेका हुन् । सो क्रममा समर्थकहरुले राजतन्त्रको पक्षमा नारा समेत लगाएका थिए ।

त्यस्तै, उनीहरुले ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद, यो व्यवस्था चाहिँदैन’ लगायत नारा लगाएका थिए । पूर्व राजा पुग्दा भिड नियन्त्रण समस्या देखिएको थियो ।

Gyanendra