१६ चैत्र २०८०, शुक्रबार

अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि

madhav kumar nepal
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएकाे काेराेना परीक्षणमा पाेजेटिभ देखिएकाे उहाँकाे निजी सचिवालयले जानकारी दिएको हाे ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नै निवासमा स्वास्थ्य लाभ लिइरहनुभएकाे सचिवालयले जनाएको छ ।

कोरोना संक्रमण देशभर बढेको भन्दै सोमबार मात्रै नेता नेपालले एक अपिल जारी गर्दै पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न निर्देशन दिनुभएकाे थियाे ।