२१ बैशाख २०८१, शुक्रबार

डार्क थ्रिलर फिल्म ‘परस्त्री को लागि कलाकारको खोजी

121641790141

डि. एस डिजिटल प्रस्तुतिको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ फिल्म ‘परस्त्री’का लागि कलाकारको खोजी भएको छ ।

फिल्म ‘परस्त्री’मा नायिकासहित अन्य कलाकारका लागि अडिसन आह्वान गरेको हो । मुख्य कलाकार अडिसनबाट छनोट हुनेछन् ।

यो फिल्ममा कोसिस क्षेत्री नायकका रुपमा देखिने छन् । डार्क थ्रिलर कथामा निर्माण हुने फिल्मको नायिका अडिसनमार्फत लिइने निर्मात्रा सर्मिला पाण्डेले जानकारी दिइन् ।

उनले भनिन्, “पुरुष कलाकार २२ देखि २७ वर्षसम्मको र फिमेल एक्टर २२ देखि ३० र २० देखि २५ वर्षसम्मको हुनु पर्नेछ ।” अभिनय गर्न चाहने इच्छुक युवायुवतीले अडिसनमा सहभागी हुन [email protected] मा आफ्नो तस्बिर र सीभी पठाउनु पर्नेछ ।

फिल्म फागुन तेस्रो साताबाट फ्लोरमा जाने छ ।

फिल्मलाई सुरज पाण्डेले निर्देशन गर्नेछन् । उनको यो डेब्यु निर्देशन हुनेछ । यसअघि उनले फिल्म ‘लभ लभ लभ’मार्फत अभिनयमा प्रवेश गरेका थिए । उक्त फिल्ममा सुरज मुख्य भूमिकामा थिए ।

सुरजले अभिनयसँगै डीएस डिजिटलको ब्यानरमा बनेका फिल्म घर, आमा र चिसो मान्छेको प्रोडक्सन हेरेका थिए । डीएस डिजिटलको ब्यानरमा बनेको फिल्म ‘चिसो मान्छे’ रिलिज हुन बाँकी छ । यसमा स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन् । दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।