२२ बैशाख २०८१, शनिबार

लकडाउनको १०औँ दिन काठमाडौंमा जे देखियो (थप तस्बिरसहित)

lockdown 12

कोरोनाभाइरस (कोभिड-१९) को न्यूनीकरणका लागि सरकारले सुरु गरेको लकडाउनको १० दिन पूरा भएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले लकडाउन लगाएको बिहीबार १० औं दिन हो । सरकारले सुरक्षित रहेर घरमै बस्नका आग्रह गर्दै लकडाउन गरेको हो । तर लकडाउन लगाए पनि यसलाई तोड्ने क्रम भने तीव्र रहेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब निरीक्षक गान्धीराज श्रेष्ठले बिहीबार मात्र पनि उच्च भएको बताए । बिहान ६ः३० सम्म २८३ जनालाई काठमाडौंबाट नियन्त्रणमा लिएर होल्डमा राखिएको उनले बताए । 

१० दिनमा काठमाडौं उपत्यकासहित मुलुकभर अत्यावश्यकबाहेकका कुनै पनि सवारी साधन चलेका छैनन् भने सर्वसाधारणले पनि लकडाउनको अवज्ञा गरेका छैनन् ।

तर अत्यावश्यक वस्तु तथा सेवा सुचारुका लागि स्थानीय प्रशासनले दिने विशेष पासमा भने झमेला भइरहेको सर्वसाधारण बताउँछन् ।

lockdown 5
lockdown 0
lockdown9 days
lockdown 1
lockdown 2
lockdown 3
lockdown 4
lockdown 6
lockdown 8
lockdown 9
lockdown 10
lockdown 11
lockdown 13
lockdown 14
lockdown 16
lockdown 17
lockdown 18
lockdown 21
lockdown 22
lockdown 19