७ जेष्ठ २०८१, सोमबार

सोमबारदेखि मौसममा सुधार हुन्छ : मौसम पूर्वानुमान महाशाखा

wather
फाइल फोटो

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा परिवर्तन आई आज बिहानैदेखि काठमाडौँ उपत्यका लगायत देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

प्रदेश एक र दुईका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ भने अन्य प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलिदेखि अर्को न्यून चापीय प्रणाली पनि नेपालमा प्रवेश गर्ने भएकाले शनिवार र आइतबार देशभर वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

वर्षा तथा हिमपातको सम्भावना रहेकाले हवाई क्षेत्र, पर्वतारोहण, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भन्दै चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सोमवारदेखि फेरी मौसममा सुधार आउने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।