२७ बैशाख २०८१, बिहीबार

(विज्ञप्ति सहित) बढ्न थाल्यो कोरोना सङ्क्रमण नेपालमा एकै दिन ९६८ जनामा कोरोना संक्रमण, २४ जनामा ओमिक्रोन भेरियन्ट

corona insurance

नेपालमा पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशभरबाट सङ्कलित नमुनाहरूको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार शुक्रबार ५४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४०० भन्दा बढी थपिएका हुन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि निधन भएको छैन ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ ।

omicrone press note