८ जेष्ठ २०८१, मंगलवार

तीन माओवादी केन्द्रका कर्मचारीलाई कोरोना संक्रमण, अध्यक्ष दाहालद्वारा भेटघाट बन्द

prachanda maobadi perisdanda

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ।

अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले यसबारेमा जानकारी गराएको हो । पार्टी कार्यालयमा कार्यरत कर्मचारीमा संक्रमण देखिएपछि अध्यक्ष दाहालले तत्कालका लागि भेटघाट रोक्नुभएको छ ।

अध्यक्ष दाहालले कोरोना संक्रमण बढेको भन्दै व्यक्तिगत भेटघाटलाई रोक्नुभएको सचिवालयले जनाएको छ । पार्टी कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना देखिएको छ।

दाहालले खुमलटारस्थित घरमा पनि भेटघाट बन्द गर्ने जनाइएको छ ।

‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं, दाहालको सचिवालयले जनाएको छ ।