१९ बैशाख २०८१, बुधबार

फेरि बढ्न थाल्यो नेपालमा कोरोना संक्रमित, थप ५४० जनामा संक्रमण, १ जनाको निधन

corona insurance

आज देशभर ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१२ हजार ९९ नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा ५ सय ४० जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित २ सय ७१ जना निको भएका छन् । तथ्याङ्क अनुसार हालसम्म ९७ दशमलव ९ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

आज संक्रमित एकको निधन भएको छ यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या ११ हजार ६ सय २ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज १ लाख २० हजार ६ सय ५३ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।