१५ बैशाख २०८१, शनिबार

(निर्णयसहित) सरकारद्वारा उखुको न्यूनतम खरिद मूल्य निर्धारण

Gyanendrabdr karki 67

सरकारले आर्थिक बर्ष २०७८/०७९ को लागि उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ । 

बुधवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ५ सय २० रुपैयाँ निर्धारण गरेको जानकारी दिनुभयो । 

यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई बढुवा नियुक्त गर्ने, जापान सरकारले दिएको करिब १० अर्ब ३९ करोड रुपैयाँ नीतिगत ऋण सहायता स्वीकार गर्ने र सहसचिव कृष्णबहादुर राउतलाई सचिव पदमा बढुवा गर्ने लगायतका निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले जानकारी दिनुभयो ।

सरकारले प्रहरी नियमावली (नवौँ संशोधन) २०७८ स्वीकृत गर्नुका साथै एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । 

यस्तै, सरकारले दार्चुलाको महाकाली नदी माथि नेपाल–भारत जोड्ने मोटरेवल पुल निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने, वन क्षेत्रमा कार्बन सञ्चितिको पहिचान सम्बन्धी अनुसन्धानमा लागि आवश्यक रुख कटान गर्न र नमुना प्रयोगशालासम्म ल्याउन, नेपाल राजपत्रको नियमित अङ्क हप्तामा सोमबार र बिहीबार दुई दिन प्रकाशन गर्न स्वीकृति दिएको छ । 

यसैगरी, सरकारले नेपाल विद्युत् प्राधिकरणलाई विभिन्न वितरण केन्द्र र प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्न अधिकारी तोक्ने निर्णय समेत गरेको छ ।  

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

1
2
3 1