२७ बैशाख २०८१, बिहीबार

अमेरिकी र्‍यापर जे स्ट्यासले प्रेमिकाको गोली हानी हत्या गरेपछि आफैंले गरे आत्महत्या

rapper1641370275

अमेरिकी र्‍यापर जे स्ट्यासले आफ्नै घरमा प्रेमिकाको गोली हानी हत्या गरेका छन् ।

अमेरिकाको लस एन्जलसस्थित घरमा प्रेमिकाको हत्या पछि उनी आफैंले आत्महत्या गरेका छन् । रिपोर्टका अनुसार घटना हुँदा उनकी प्रेमिकाका तीन छोरा घरको अर्को कोठामा थिए ।

घटना अंग्रेजी नयाँ वर्षको दिनमा भएको हो । प्रहरीलाई  बिहानै सात बजे घटनाबारे जानकारी पाएको थियो । घटनास्थलमा पुग्दा प्रहरीले २८ वर्षीया जियनेट गालेगोस र आधिकारिक नाम जस्टिन जोसेप भएको २८ वर्षे जे स्ट्यासको शव घरभित्र भेटेको थियो ।

जे स्ट्यास र गालेगोस हालै क्यालिफोर्निया स्टेट युनिभर्सिटीबाट ग्रेजुएट भएका थिए ।  यी दुई विगत एक वर्षदेखि सम्बन्ध भएको बताइन्छ । प्रहरीका अनुसार यी दुईबीच सामान्य विवाद भएपछि र्‍यापरले प्रेमिकालाई मास्टर बेडरुममा लगेर भित्रबाट चुकुल लगाएका थिए ।

लेफ्टिनेन्ट डेरिक अल्फ्रेडले गालेगोसका ७ र ११ वर्षका दुई सन्तानले  कोठाको ढोका बारम्बार ढक्ढकाइरहेका थिए । ढोका नखुलेपछि उनीहरुले आफ्नी हजुरआमालाई फोन गरेका थिए । हजुरआमाले उनीहरुलाई ९११ मा फोन गर्न सुझाव दिएकी थिइन् ।

    सम्बन्धित समाचार...