६ बैशाख २०८१, बिहीबार

पाँच उम्मेदवार टुङ्ग्यायो माओवादीले राष्ट्रियसभा निर्वाचनका लागि

prachanda maobadi perisdanda

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।

माओवादीले प्रदेश २ बाट महिलाबाट उर्मिला अर्याल, गण्डकीबाट दलित कोटामा भुवन सुनार, सुदूरपश्चिम दलितबाट जगत पार्की, कर्णाली प्रदेशको अल्पसङ्ख्यकबाट नरबहादुर विष्ट र अन्यबाट सुरेश आलेमगर राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गरेको हो ।

माओवादी केन्द्रले यी उम्मेदवारहरु टुङ्गो लगाएको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभएको छ ।

आगामी राष्ट्रियसभाको सदस्यको निर्वाचनमा माओवादी केन्द्रसहित पाँचदलीय सत्तागठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती दिने भएको छ ।

सत्तागठबन्धनको बैठकले राष्ट्रियसभा सदस्यका लागि १९ पदमध्ये माओवादीका लागि पाँच सिट छुट्याएको थियो । सोही अनुसार माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको हो । पार्टीका केन्द्रीय सदस्य लीलामणि पोखरेलले पनि निर्वाचन आयोगमा मङ्गलबारसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले पनि राष्ट्रियसभा निर्वाचनका लागि छिट्टै उम्मेदवारी टुङ्गो लगाउनुपरेको बताउनुभएको छ ।