१६ चैत्र २०८०, शुक्रबार

गोली प्रहार मोदीलाई कालो झण्डा देखाउने महिलामाथि

ritayadav1641270749

भारत उत्तर प्रदेशको सुल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिला रिता यादवलाई अज्ञात व्यक्तिले गाली हानेका छन् ।

खुट्टामा गोली लागेर घाइते उनको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

सर्कल अफिसर लम्भुआ सतिश चन्द शुक्लाले पीडितको बयान दर्ता गरेका छन् ।

रिता यादवले मिडियालाई बताए अनुसार सुल्तानपुरबाट घर फर्कदै गर्दा हाईवेमा लम्भुआ नजिकै तीन व्यक्तिले ओभरटेक गरेर आफ्नो बोलेरो गाडीलाई रोकेर गाली गर्दै मार्ने धम्की दिएका थिए ।

उनीहरुले ड्राइभरको कन्चटमा बन्दु राखेपछि आफूले एकजनालाई चड्कन हिर्काएको यादवले बताइन् । त्यसपछि आफूमाथि गोली प्रहार भएको र गोली खुट्टामा लागेको उनको भनाइ थियो ।

१६ नोभेम्बरमा प्रधानमन्त्री मोदी पूर्वाञ्चल एक्सप्रेस–वे लोकार्पण गरेर जिल्लाको कुरेभारस्थित अरवल किरीमा सभा गरिरहेका बेला रिता यादवले उनलाई कालो झण्डा देखाएकी थिइन् । प्रहरीले उनलाई पक्राउ गरेर जेल पठाएको थियो । तर दुई दिनपछि उनी जमानतमा रिहा भएकी थिइन् ।

घटनाको एक महिनापछिसम्म उनी पार्टीमा रहिन् तर सम्मान नपाएका कारण १७ डिसेम्बरमा लखनउमा कांग्रेसमा प्रवेश गरेकी थिइन् ।