७ बैशाख २०८१, शुक्रबार

परिवार पार्टी पनि देखियो नेपालमा: गोकुल बाँस्कोटा

gokul Baskota
फाइल फोटो

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले माओवादी केन्द्रीय सदस्यमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवारका सदस्य राखेकोमा कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दाई +भाई+बा + छोरी+ससुरा+बुहारी + मनोनीत हुन बांकी ज्वांई = परिवार पार्टी पनि देखियो नेपालमा !!!।

माओवादीले आठौं महाधिवेशनबाट आइतबार २३६ जना केन्द्रीय सदस्यको नाम सर्वसम्मत पारित गरेको छ । आठौं दिनको बन्दसत्रमा प्रचण्डले केन्द्रीय सदस्यको नाम पेस गरेका थिए । जसमा प्रचण्डको परिवारमा उनीसहित ४ जना केन्द्रीय सदस्यमा परेका छन् । प्रचण्डले आफ्नो नाम खुलातर्फको २३ औं नम्बरमा स्वघोषणा गर्दै हलमा सुनाएका थिए ।

उनीसहित भाइ नारायणप्रसाद दाहाल, छोरी रेनु दाहाल र बुहारी बिना मगर केन्द्रीय सदस्य बनेका हुन् । प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य भने शनिबार प्रचण्डले सुनाएको नामावलीमा समावेश भएका छैनन् ।आचार्यले पनि केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गरेका थिए । उनलाई प्रचण्डले बाँकी १५ प्रतिशत केन्द्रीयमध्येबाट मनोनित गर्ने बुझिएको छ ।

Capture 1