१४ बैशाख २०८१, शुक्रबार

सवारी ज्यान मुद्दामा भौतिक पूर्वाधार विकास मन्त्रीका पक्राउ

kailali police

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई सवारी ज्यान मुद्दामा प्रहरीले पक्राउ गरेको छन्।

आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीले उनी सवारी ज्यान मुद्दामा फरार रहेका सोडारी प्रकाउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार गत पुस २ गते टीकापुरमा उनले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीले एक पैदलयात्रीलाई ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट घाइते भएकी ९९ वर्षीया दुर्गादेवी न्यौपानेको उपचारको क्रममा पुस ११ गते मृत्यु भएको थियो।