१४ बैशाख २०८१, शुक्रबार

सगुन राखेर माफी मागे गायक राजेश पायल राईमाथि हातपात गर्ने शेर्पाले

rajesh payal

अमेरिकाको न्यूयोर्कमा गायक राजेशपायल राईमाथि हातपात गर्ने पासाङ दावा शेर्पाले सगुन दिएर माफी मागेका छन ।

शेर्पा संस्कृतिअनुसार रक्सी र खादा सगुन दिएर उनले माफी मागेका हुन् । अंग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा भएको कार्यक्रममा गायक राईमाथि शेर्पाले मन्चमै पुगेर दुव्र्यवहार गरेका थिए ।

उक्त घट्नाको भिडियो सामाजिक संजालमा भाइरल भएपछि शेर्पामाथि सुरक्षा चुनौति बढेको र कलाकारमाथि अपमान भएको भन्दै आयोजकमाथि प्रश्न उठेको थियो ।

तर घट्नाबारे चौतर्फी विरोध भएपछि शेर्पाले आयोजक समितिको उपस्थितिमा गायक राई समक्ष माफी मागेका हुन ।

राजेशले पनि पासाङले गल्ती स्वीकार गरेको भन्दै माफी दिएको बताएका छन् । ‘मानिस हो मानिसबाटै गल्ती हुन्छ, गल्ती स्विकार्नु पनि महानता हो । र, उहाँ थोरै बिरामी हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना,’ उनले फेसबुकमा लेखेका छन् ।

Rajesh Payal and Pasang Mafi

साथै, राजेशले आगामी दिनमा दावा शेर्पालाई गालीगलौज नगर्न पनि आग्रह गरेका छन् ।

शनिबार अमेरिकामा नयाँ वर्ष २०२२ को स्वागत कार्यक्रममा गीत गाइरहेका बेला राईमाथि शेर्पाले हातपातको प्रयास गरेका थिए । राजेशलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल पनि भएको थियो ।

स्टेजमा गीत गाइरहेका राईमाथि अचानक शेर्पा स्टेजमा उक्लिएर पछाडिबाट अंगालोमा लिएर लडाउन खोजेका थिए । बुद्ध ट्याक्स एकाउन्टिङद्वारा आयोजना गरिएको कार्यक्रममा हातपातको घटनापछि पनि गायक राईले केही घण्टा आफ्नो प्रस्तुति दिएका थिए ।