१३ बैशाख २०८१, बिहीबार

राजेश पायलको चुनौती- प्रमाण ल्याउनुस्, तपाईँको पाउमा मेरो शिर राखिदिन्छु

Rajesh Payal Rai 1

गायक राजेश पायल राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति समेत जनाएका हुन् । साथै उनले आरोपको भरमा आधारहीन समाचार नछाप्न आग्रह गरेका पनि गरेका छन् ।

राइकी पत्नी साङबुङ राईले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेकी थिइन् । त्यसमा उनले आफ्नो बच्चालाई बाबुले शरीरमा तातोपानी खन्याइदिएको उल्लेख गरेकी थिइन् । साथै उनले गायक राईलाई पापी बाबुको संज्ञा पनि दिएकी थिइन् । उक्त स्टाटसलाई लिएर राईमाथि विभिन्न प्रश्न उठेका थिए ।

पछि उनले सो स्टाटस हटाइन् । तर, यसको स्क्रिन सट सेयर गर्दै राजेश पायलमाथि विभिन्न प्रश्न उठाइएका थिए ।

स्टाटसकै भरमा बिना प्रमाण मानहानी गरिएको भन्दै राईले दुखेसो पोखेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै चुनौती दिएका छन् । राइले लेखेका छन्, ‘आउनुस् म च्यालेन्ज दिन्छु । यदि प्रमाण ल्याउनु भयो भने तपाईको पाउमा मेरो शीर राखिदिन्छु ।’

उनले थपेका छन्, ‘हिजो घटेको घटना रहेछ, बच्चालाई हस्पिटल लगेको होला। नलेगेनी हिजो खन्याको तातोपानीले त पक्कै पानीफोका ऊठ्यो होला । रातो दाग होला, घाऊ होला ,प्रमाण ल्याउनुस् मेरो शीर तपाईको हातमा राखिनँ भने म किराती होइन ।’

साथै राईले आफ्नो भलो नचिताउने र करिअर समाप्त गराउने गिरोह सक्रिय हुन लागेको दाबी गरेका छन् ।

Capture 2