१ असार २०८१, शुक्रबार

समाजलाई सन्देश दिने ‘आफू गयौँ नेटो काटी’

aa

निर्माता तथा कलाकार आकाश अधिकारीले ‘आफू गयौँ नेटो काटी’ शीर्षकको म्युजिकल फिल्म सार्वजनिक गरेका छन् । 

बिहीबार काठमाडौँको जमलस्थित विश्वज्योति सिनेमाजमा एक कार्यक्रमका बिच सार्वजनिक भएको फिल्मले एकल महिलाले भोग्नुपरेको दुखको कथा देखाइएको छ ।

नेपाली समाजमा विधवालाई हेर्ने दृष्टिकोण चित्रण गरिएको फिल्म सन्देशमूलक छ । कार्यक्रममा बोल्दै निर्देशक अधिकारीले समाजलाई सन्देश दिनका निमित्त आफूले जुनसुकै सामाग्री आर्थिक कलेक्सन गर्न भन्दा पनि समाजलाई सन्देश दिन निर्माण गर्ने गरेको बताए । 

कार्यक्रममा राष्ट्रिय महिला आयोगको कार्यवाहक अध्यक्ष डा. विद्या कुमारी सिन्हा प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् । 

आकाशको कन्सेप्ट, निर्देशन र अभिनय रहेको फिल्ममा उमा गिरिको मुख्य भूमिका रहेको छ । फिल्ममा उमा एकल महिलाको चरित्रमा देखिएकी छन्  । शिव ढकालले खिचेको फिल्मलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् भने रेनिश फागोले कलर गरेका हुन् ।

उक्त म्युजिकल फिल्म द स्काई मुभिज युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    सम्बन्धित समाचार...