१६ चैत्र २०८०, शुक्रबार

घरेलु मैदानमा सन्दीप र आसिफको उत्कृष्ट प्रदर्शनले नेपालको पपुवा न्युगिनीमाथि सहज जित

330348082 3498170507079692 5181691707584452652 n1678358248

आईसिसी विश्व क्रिकेट लिग टु अन्तर्गत घरेलु मैदानमा जारी सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पिएनजीलाई ५२ रनको फराकिलो अन्तरले हराएको छ ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन ओपनर आसिफ शेखले शतक र सन्दीप लामिछानेले शान्दार बलिङ गरे । जितसँगै शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोट खेल्ने र ओडिआई मान्यता जोगाउने नेपालको सम्भावना बलियो बनेको छ ।

२ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको पिएनजी ४७ ओभर १ बलमा २ सय ४५ रनमा अलआउट भयो । पहिलो विकेटका लागि टोनी उरा र किप्लिङ डोरिगाले ७७ रनको साझेदारी गर्दै पिएनजीलाई उत्कृष्ट सुरुवात दिलाए । तर १२ औं ओभरमा डोरिगा २६ रनमा रन आउट भए । अर्का ओपनर टोनी ५० रनमा क्याच आउट भए ।

मध्येक्रममा कप्तान असद भालाले ४२ रन बनाएर पाली सम्हाल्ने कोशिस गरेपनि अन्य ब्याटर टिक्न नसक्दा नर्मन भानुवाले पिएनजीलाई सम्हाले । ४८ औं ओभरको पहिलो बलमा सर्वाधिक ६० रन बनाएका भानुवा रन आउट भए । नेपालको जितमा सन्दीप लामिछानेले ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए ।

यसअघि टस गुमाएर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर १ बलमा सबै विकेट गुमाएर २ सय ९७ रन बनायो । नेपालले आफ्नो एक दिवसिय अन्तर्राष्ट्रिय इतिहासमा बनाएको यो सर्वाधिक उच्च योगफल हो । यसअघि नेपालको उच्च योगफल २ सय ८७ रन थियो । नामिबियाविरुद्ध दुई साताअघि नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २ सय ८७ रन बनाएको थियो ।

त्यस्तै सुरुवाती पहिला ब्याटिङ गर्दा गतवर्ष पिएनजीविरुद्धको दोस्रो ओडिआईमा २ सय ७८ रन बनाएको थियो । नेपालको जितमा ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका थिए । आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक समेत हो ।

अर्का ओपनर कुशल भुर्तेलले ४५ तथा भीम सार्कीले ४४ रन जोडे । कप्तान रोहित पौडेलले पनि ३० रनको योगदान दिए । बलिङतर्फ सेमो कमिया एक्लैले पाँच विकेट लिए भने रिली हेकुरेको नाममा तीन विकेट रह्यो । जितसँगै नेपालले ३३ खेलबाट ३४ अंक जोडेको छ । सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले फागुन २८ गते युएईसँग खेल्नेछ ।

    सम्बन्धित समाचार...