१२ बैशाख २०८१, बुधबार

अध्यक्ष दाहालले प्रस्ताव गरेको २३६ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रबाट पारित

maoist 63

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा प्रस्तुत गर्नुभएको केन्द्रीय सदस्यहरुको नाम बन्दसत्रबाट पारित भइको छ ।

आइतवारको बन्दसत्रमा अध्यक्ष दाहालले २३६ जना केन्द्रीय सदस्यको नाम वाचन गर्नुभएको थियो ।

बन्दसत्रले अध्यक्ष दाहालले प्रस्ताव गर्नुभएको नाम पारित गरेको हो । अध्यक्ष दाहालले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जना गरी २३६ जनाको नाम प्रस्ताव गर्नुभएको छ ।