७ बैशाख २०८१, शुक्रबार

विजयी यात्रा जारी म्यानचेष्टर सिटीको प्रिमियर लीगमा

man city

इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटीको विजयी यात्रा जारी छ ।

प्रिमियर लीग अन्तर्गत शीर्ष स्थानको सिटीले १० खेलाडीमा सीमित आर्सनललाई २–१ गोल अन्तरले हराएको हो । साविक विजेता समेत रहेको सिटीको यो जारी लीगमा लगातार एघारौं जित पनि हो ।

घरेलु मैदानमा आर्सनलले ३१औं मिनेटमा बुकायो साकाको गोलबाट अग्रता लियो । तर, दोस्रो हाफमा सिटीले लगातार दुई गोल थपेको थियो ।

उसका लागि ५७औं मिनेटमा रियाद महरेजले पेनाल्टीमार्फत र इञ्जुरी समयमा रोड्रीले गोल गरे । ५९औं मिनेटमा गेबरियलले रेड कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।

जितसँगै सिटीले आफ्नो अग्रता ११ अंकले बढाएको छ । सिटीले २१ खेलमा ५३ अंक जोड्दा एक खेल कम खेलेको चेल्सी ४२ अंकसहित दोस्रो स्थानमा छ । आर्सनल भने ३५ अंकसहित चौथो स्थानमा छ ।

लीग अन्तर्गत नै गएराति वेष्ट ह्याम युनाइटेडले क्रिष्टल प्यालेसलाई ३–२ र टोटेनह्यामले वाटफोर्डलाई १–० ले हराए । वेष्ट ह्याम पाँचौ र टोटेनह्याम छैटौं स्थानमा रहेका टोली हुन् ।

    सम्बन्धित समाचार...