२६ बैशाख २०८१, बुधबार

(भिडियो) राजेश पालय राईमाथि हातपात

raje

चर्चित गायक राजेश पायल राईमाथि अमेरिकाको न्युयोर्कमा हातपात भएको छ । उनीमाथि स्टेजमा गीत गाइरहेको अवस्थामा हातपात भएको हो ।

अंग्रेजी नयाँ वर्षको स्वागतमा आयोजित कार्यक्रममा गीत गाइरहँदा एक व्यक्तिले उनमाथि हातपात गरेका हुन् ।

उनले न्युयोर्कमा आयोजित कन्सर्टमा गीत गाइरहेका बेला एक दर्शक स्टेजमा चढ्छन् । राईमाथि ती दर्शकले पछाडिबाट न्याक्दै हातपातको प्रयास गर्छन् । यद्यपि अन्य दर्शकले ती व्यक्तिलाई त्यहाँबाट बाहिर निकालेका थिए । दर्शकले कुटपिट हुनबाट जोगाएका हुन् ।

अहिले सामाजिक सञ्जालमा हातपातको भिडियो भाइरल भएको छ । कतिपय गायक राईमाथि हातपात हुनुमा व्यवस्थापकको कमजोरी रहेको औँल्याएका छन् । नयाँ वर्ष २०२२ का अवसरमा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुति दिन उनी न्यूयोर्कमा छन् ।

https://www.facebook.com/100072944521290/videos/965363444117635