१३ बैशाख २०८१, बिहीबार

मुख्यमन्त्री शाहीद्वारा सरकारले गरेका कामका बारेमा प्रदेश प्रमुखलाई जानकारी

456 1024x523 1

कर्णाली प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री जीवनबहादुर शाहीबीच शनिबार भेटवार्ता भएको छ ।

भेटका क्रममा मुख्यमन्त्री शाहीले सरकारले गरेका काम–कारबाहीका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराउनुभएको छ ।

मुख्यमन्त्री शाहीले हरेक बुधवार मन्त्रिपरिषद् बैठक बस्ने गरेको, प्रत्येक आइतबार मन्त्रालयका सचिवसँग नियमित बैठक बस्ने गरेको, कोरोनाका कारण रोकिएका विकास योजनाको म्याद तीन महिना थप गरिएको, भौतिक पूर्वाधार र ऊर्जा जलस्रोत विकास मन्त्रालयमा देखिएको कर्मचारीको समस्या समाधान भएको, दोस्रो चौमासिकमा पुँजीगत खर्च बढ्ने प्रदेश प्रमुखलाई जानकारी गराउनुभयो ।

उहाँले पाँच वर्षदेखि १७ वर्षसम्मका कर्णालीका सम्पूर्ण बालबालिकालाई खोप लगाउने तयारी भइरहेको समेत जानकारी गराउनुभयो ।

भेटका क्रममा प्रदेश प्रमुखले सरकारका काम–कारबाहीप्रति आफू सन्तुष्ट रहेको बताउनुभयो ।

उहाँले आन्तनिर्भर अर्थतन्त्रको विकासका लागि कृषिको उत्पादन बढाउनका लागि कृषकका उत्पादनहरू प्रदेश सरकारले खरिद र बजारीकरणको व्यवस्था गर्ने वातावरण मिलाउन, काला पहाड र विदेशमा जाने मानव श्रमलाई आफ्नै गाउँ ठाउँमा प्रयोग गर्ने वातावरणका लागि सरकार लाग्नुपर्ने बताउनुभयो ।

उहाँले कर्णालीमा जातीय विभेदका घटनाहरू धेरै हुने भएकाले सामाजिक जागरण र रूपान्तरणका कार्यक्रम पनि सञ्चालन गर्न सरकारलाई सुझाव दिनुभयो ।