
फाइल फोटो
नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा मात्रै नभएर अनियमिता गरेर कमाएको सम्पतिको छानविन गर्न माग गर्दै आन्दोलन जारी राख्ने बताउनुभएको छ ।
सोमबार पनि सर्वोच्च अदालत परिसरमा बारले गरेको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बार अब प्रधानन्यायाधीश जबराको राजीनामा माग मात्रै नभएर अनियमिता गरेर कमाएको सम्पतिको छानविन गर्नुपर्ने माग राखेर आन्दोलन जारी राख्ने बताउनुभएको हो ।
अध्यक्ष श्रेष्ठले विचौलियाको संरक्षक नै प्रधानन्यायाधीश जबरा भएकाले उहाँको सम्पति छानविन हुनु पर्ने बताउनुभयो ।
प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानून व्यवसायीहरुले कार्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर बिरोध प्रदर्शन गर्दै आएका छन्।