१३ बैशाख २०८१, बिहीबार

लगातार पाँचौँ जित नेपालले निकाल्यो

61c8333f5e406 Volleyball 02

नेपालको महिला टोलीले बङ्गलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा लगातार पाँचौँ जित निकालेको छ ।

ढाकामा सोमबार राउन्ड रोबिनको अन्तिम खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार पाँचौँ जित निकालेको हो ।

यस जितसँगै नेपालले शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनाएको छ । नेपालले ५ खेलमा १४ अङ्क जोडेको छ । यस अघि नेपालले पहिलो खेलमा श्रीलङ्कालाई ३–२ सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा बङ्गलादेशलाई ३–० को सेटमा हराएको थियो ।

यस्तै चौथो खेलमा उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल एक खेल अगावै फाइनलमा पुगेको थियो । अब नेपालले उपाधिका लागि उज्बेकिस्तानसँग मङ्गलवार खेल्नेछ । सोमबार नै श्रीलङ्कालाई ३–२ को सेटमा हराएर उज्बेकिस्तानले फाइनलमा स्थान पक्का गरेको हो । उज्बेकिस्तानले ५ खेलमा ११ अङ्क जोड्यो । श्रीलङ्का र किर्गिस्तानले तेस्रो स्थानमा लागि खेल्ने छन् ।

    सम्बन्धित समाचार...