१४ बैशाख २०८१, शुक्रबार

बलिउड अभिनेत्री सुस्मिता सेनले प्रेमी रोहमन शालसँग ब्रेकअप

269831240 365495825382273 6787582672612949516 n

बलिउड अभिनेत्री सुस्मिता सेनले प्रेमी रोहमन शालसँग ब्रेकअप गरेकी छिन। नायिका सुस्मिताले प्रेमी रोहमनसँग ब्रेकअप गरेको सामाजिक संजालमार्फत बिहीबार घोषणा गरेकी थिइन्।

सुस्मिताले पूर्वप्रेमी रोहमन शाँलसँग आफ्नो तस्बिर सार्वजनिक गर्दै घुमाउरो तरिकाले आफ्नो प्रेम सम्बन्ध टुंगिएको बारेमा उल्लेख गरेकी छन्।

यो समाचारले उनका फ्यानहरु निराश भएका छन्। किनभने अभिनेत्री सुष्मिता र उनका प्रेमी रोहमन बलिउड फिल्म इन्डस्ट्रीका सबैभन्दा चर्चित र रुचाइएको जोडीमध्ये एक हो। पूर्वमिस युनिभर्स सुस्मिताले बलिउडमा आफ्नो अलग्गै पहिचान बनाइन्। अहिले फिल्म क्षेत्रभन्दा टाढा रहेकी उनी बेला बेला प्रेम सम्बन्धका कारण चर्चामा आउने गरेकी छन्।

यसअघि ४६ वर्षकी अभिनेत्री आफूभन्दा १५ वर्ष कान्छा प्रेमीसँग सम्बन्धमा रहेको खबर आएको थियो। अहिले यो सम्बन्ध टुङ्गिएको खबर आइरहेको छ।

सामाजिक संजालमा रोहमनसँग ब्रेकअपपछि सुस्मिताले आफ्नो तस्बिरसहितको नयाँ पोस्ट सेयर गरेकी छिन्। जसमा आधा अनुहार देखिने प्रोफाइल पिक्चर देखिन्छ। तस्बिरमा उनका आँखा झुकेका छन्। आधा अनुहार कपालले ढाकिएको छ।

सुस्मिताले आफ्नो सुन्दर तस्बिर सेयर गर्दै लेखेकी छिन्- शान्ति सबैभन्दा सुन्दर छ। म तिमीलाई धेरै माया गर्छु।’ ‘हाम्रो सम्बन्ध साथीबाट सुरु भएको थियो, हामी साथी नै रहिरहेउ। प्रेम सम्बन्ध त धेरै पहिले सक्किएको हो, माया अझै बाँकी छ।’

रोहमन शालले पनि सुस्मिताको यो इन्स्टा पोस्ट आफ्नो इन्स्टामा पुनः पोस्ट गरेका छन् । यसले दुवैबीच कुनै तनाव नभएको देखिन्छ।

सुस्मिता सेन र रोहमन शालको जोडीलाई फ्यानहरुले खुबै रुचाएका थिए । सामाजिक सञ्जाल म्यासेजबाट सुरु भएको दुवैको प्रेमकथा चाँडै टुङ्गिनेछ भन्ने कुरा उनका फ्यानले सोचेका थिएनन्। फ्यानहरू यो जोडिलाई विवाह बन्धनमा बाँधिएको हेर्न चाहन्थे।

तर, दुवैको यो सम्बन्ध विवाहको चरणमा पुग्न सकेन । दुईको ब्रेकअप के कारणले भयो थाहा छैन । ब्रेकअपपछि रोहमनले अभिनेत्रीको घर छोडेको खबर आएको समाचार आजतकमा छ। सुस्मिताले विगत साढे दुई वर्षदेखि रोहमनसँग डेट गरिरहेकी थिइन् ।

भनिन्छ, रोहमन शाँल सुस्मिताका ११ औँ प्रेमी हुन्। रोहमनभन्दा अगाडि को कोसँग उनको माया बस्यो त?

सन् १९९६ मा ‘दस्तक’ फिल्मको छायाँकन स्थलमा सुस्मिता सेन र विक्रम भट्टको माया टुसाएको थियो। यो समय सुस्मिता धेरै नै सानी थिइन्। विक्रम भट्ट त्यतिबेला विवाहित थिए। यी दुईको माया जति छिटो बस्यो, त्यति नै छिटो टुट्यो पनि।

केही प्रख्यात कार्यक्रममा साथै देखिएका यी दुईले पछि एक अर्काको कुरा काट्न थाले। विक्रम भट्टले एक कार्यक्रममा आफूले सुस्मिताको साथ लागेर श्रीमतीलाई धोका दिएकोमा पछुतो लागेको पनि उल्लेख गरेका छन्।

त्यसपछि सुस्मिता र अभिनेता रणदीप हुड्डाको प्रेम सम्बन्धका बारेमा कुरा भए। यी दुईको भेट चलचित्रको सेटमा भएको थियो। त्यसपछि साथी बनेका यी दुई एक अर्काको मायामा डुबे। ३ वर्षसम्म एक अर्काको साथमा रहेका यी दुई अन्तमा अलग भए।

बलिउड र क्रिकेटको सम्बन्ध गहिरो छ। सन् २०१३ तिर सुस्मिता सेन पाकिस्तानी क्रिकेटर वसिम अकरमसँग प्रेम सम्बन्धमा थिइन्। यो सम्बन्धलाई सुस्मिताले गम्भीर रुपमा लिएको बताइन्छ। त्यसैले यी दुईको विवाहको हल्लासम्म चल्यो। तर केही समयपछि यो कुरा यत्तिकै सेलाएर गयो।

सुस्मिता सेन र व्यापारी ऋतिक भासिलको सम्बन्ध खुबै लाइमलाइटमा रह्यो। यी दुईको सम्बन्ध सन् २०१५ मा सुरु भयो। त्यसपछि कैयौँ ठाउँमा साथ देखिएका यी दुई केही समयमा नै अलग भए।

त्यसपछि चलचित्र निर्देश मुदस्सर अजिजसँग सुस्मिताको प्रेम सम्बन्ध रह्यो र टुंगियो। अजिजले एक अन्तर्वार्तामा आफ्नो परिवारलाई सुस्मितासँगको सम्बन्ध स्वीकार्य नभएको कारण सहमतिमा नै आफूहरु अलग भएको बताएका छन्।

यीबाहेक इम्तियाज खत्री, संजय नारंग र मानव मेननसँग सुस्मिताको नाम जोडियो। तर सुस्मिताले यसबारेमा कहिल्यै कुरा गरेकी छैनन्। उनी आफ्नो प्रेम सम्बन्धको बारेमा खासै खुलेर कुरा गर्दिनन्।

सन् १९९४ मा मिस युनिभर्सको ताज पहिरिएकी सुस्मिता मध्यम परिवारबाट यो क्षेत्रमा आएकी हुन्। त्यसपछि बलिउडमा कदम राखेकी सेनले लामो समय ब्रेक लिइन् र आर्याबाट ओटिटी प्लेटफर्ममा कमव्याक गरेकी थिइन्।

रोहमनको सुस्मिताका दुई छोरी रेनी र अलिशासँग पनि राम्रो बन्धन छ। उनीहरूले रोहमनलाई बुवा भनेर सम्बोधन गर्छन्।