१३ बैशाख २०८१, बिहीबार

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सबै पदको मतगणना सम्पन्न

Congress

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको सबै मतगणना बिहीबार सम्पन्न भएको छ ।

पछिल्लो मतपरिणामअनुसार केन्द्रीय सदस्य खस आर्य ९महिला० छ पदमा कान्तिका सेजुवाल १८८५, चम्पादेवी खड्का १९०६, नानु बास्तोला २००१, प्रतिमा गौतम १८९१, मञ्जु खाण २१८१ र विद्यादेवी तिमिल्सिना १८२५ मतका साथ निर्वाचित हुनुभएको छ । सो पदमा कुल ३१ जनाले उम्मेदवारी दिनुभएको थियो ।

खस आर्य ९खुला० सात पदमा भने केशवकुमार बुढाथोकी २११५, गेहेन्द्र गिरि १८०३, गोविन्दबहादुर शाह २०७३, नारायणबहादुर कार्की १८३६, भीम पराजुली १९४७, मधु आचार्य १८४९, श्यामकुमार घिमिरे १९१९ मतका साथै निर्वाचित हुनुभएको छ । सो पदमा ४३ जनाले उम्मेदवारी दिनुभएको थियो ।

यसैगरी केन्द्रीय सदस्य आदिवासी जनजाति ९महिला० सात पदमा अन्जनी श्रेष्ठ २१२४, गंगालक्ष्मी अवाल १८५७, माया राई १८७३, सरस्वती वजीमय २०४८, सिताकुमारी राना १८३५, सीता गुरुङ २३०७, सुशीला थिङ १७९५ मतका साथ विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । सो पदमा ३३ जनाले उम्मेदवारी दिनुभएको थियो ।

केन्द्रीय सदस्य आदिवासी जनजाति ९खुला० आठ पदमा आङ गेलु शेर्पा १८९८, उमेश श्रेष्ठ २१४४, चीनकाजी श्रेष्ठ २३०८, टेकप्रसाद गुरुङ १७७८, टेकबहादुर गुरुङ ९मनाङ० १९०६, तारामान गुरुङ १९७६, दिलमान पाख्रिन १९७६ र बहादुर सिंह ९लामा० तामाङ २११४ मतका साथ निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्य आदिवासी जनजाति ९खुला० आठ पदमा ५० जनाको उम्मेदवारी परेको थियो ।

गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई यही पुस १० गते शनिबार विहान ११ वजे पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचित भएको प्रमाण पत्र वितरण गरिने समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो ।