६ बैशाख २०८१, बिहीबार

आज र भोलि देशको उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना

hiu

आज र भोलि देशको उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तर पर्सि भने सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार भोलि राति नेपाल प्रवेश गर्ने पश्चिमी वायुको प्रभावले पर्सि भने सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना देखिएको हो ।

पर्सि दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै देशभर पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही हुने र बाँकी भेगमा आंशिक बदली रहने उहाँले जानकारी दिनुभयो ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात पनि हुनेछ । तर आज र भोलि उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपात हुने भएपनि पानी भने नपर्ने उहाँको भनाइ छ ।

यस्तै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि मौसमविद् नगरकोटीले आग्रह गर्नुभएको छ ।