१६ चैत्र २०८०, शुक्रबार

एमालेले गरेको संसद अवरोधको संसदमा रहेका अन्य दलबाट चर्को विरोध

samsad

संसदमा रहेका दलहरुले नेकपा एमालेले गरिरहेको संसद अवरोधको चर्को विरोध गरेका छन् ।

निरन्तर संसद अवरुद्ध गरेर एमालेले संसदको खिल्ली उडाइरहेको उनीहरुको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसदलाई बन्धक बनाएर एमालेले राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको दावी गर्नुभयो ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले महिनौंसम्म संसद अवरुद्ध गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको आरोप लगाउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदको अवरोध हटाउन सत्तारुढ र प्रतिपक्षी दल जिम्मेवार नभएको भन्दै निन्दा गर्नुभयो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले एमालेले उठाएका मुद्दामा सरकारको ध्यानाकर्षण भएकाले अवरोध छिट्टै हट्ने दावी गर्नुभयो ।

आफूले कार्वाही गरेका १४ जना सांसदको सूचना नटाँसेर सभामुखले एमाले फुटाउन भूमिका खेलेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।