१२ बैशाख २०८१, बुधबार

जनकपुरमा कांग्रेसको देउवा र निधी पक्षबीच प्रदेश अधिवेशनको मतदान स्थलमा कुटाकुट

Nepali congress jhadap

नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत मतदानस्थलमा विवाद भएको छ । गोपाल धर्मशालास्थित दुई पक्षबीच अधिवेशनको विषयमा विवाद भएको हो ।

विमलेन्द्र निधि–शेखर कोइराला समूहले ढिलो भएको भन्दै बिहीबार मतदान गराउने माग गरेको थियो । तर, शेरबहादुर देउवा समूहका नेताहरूले भने आजै राति नै मतदान गराउनुपर्ने अडान राखेपछि दुई समूहबीच विवाद भएको हो । निधि समूहबाट रामसरोज यादव र देउवा समुहबाट रौतहटका कृष्णा यादव सभापतिका लागि प्रतिस्पर्धामा छन् ।