१४ बैशाख २०८१, शुक्रबार

नेपालमा थप एक जनामा ओमिक्रोन पृष्टि

Omicron O Virus Green COVID

नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पृष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ५८ वर्षिया पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिनुभयो । उहाँले संक्रमित व्यक्ति ओमिक्रोन फैलिएको देशबाट आएको भए पनि कुन देशबाट आएकाे भन्ने खुलाउन चहानु भएन । 

सहप्रवक्ता डा.अधिकारीले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहनुका साथै मन्त्रालयको निगरानीमा रहको जनानकारी दिनभयो ।

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो।