७ बैशाख २०८१, शुक्रबार

अब पार्टीलाई सफा र पवित्र बनाउनुपर्छ: गगन थापा

Gagan Thapa 1
फाइल फोटो

नवनिर्वाचित कांग्रेस महामन्त्री गगन थापाले आफूलाई गरेको विश्वासलाई डगमगाउन नदिने स्पष्ट पारेका छन् । महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार साँझ नेता कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै थापाले गलत मान्छेलाई महामन्त्री बनाएछु भन्ने महशुस हुन नदिने र विश्वास डगमगाउन नदिने स्पष्ट पारेका हुन् ।

थापाले आफू पार्टी बलियो र देशप्रति थप जिम्मेवार बनाउन लागिपर्ने जिकिर गरे । उनले पार्टी सभापति शेरबहादुर देउवा लगायत पार्टीमा निर्वाचित हुने सबै पदाधिकारीलाई बधाई दिए ।

उनले पार्टीभित्र लागेका घाउलाई निर्मुल पार्दै पार्टीलाई सबै मिलेर एकतावद्ध भएर अगाडि बढाउनुपर्ने बताए । उनले सबै मिलेर पार्टीलाई सफा र पवित्र बनाउनुपर्ने जिकिर गरे ।