१३ बैशाख २०८१, बिहीबार

पार्टी भित्रको समर्थन सङ्कुचित देखिएकाले नैतिकताका आधारमा राजीनामा दिएको हुँ : डा. रिजाल

RS KTM D3A5557 1024x682 1

रक्षामन्त्री डा.मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

रक्षामन्त्री रिजालले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी पार्टीको महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवार रहँदा प्राप्त गरेको पार्टी भित्रको समर्थनको आधार अत्यन्त सङ्कुचित देखिएकाले नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभयो ।

मन्त्री रिजालले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री पदबाट दिएको राजीनामा पत्र बुझाएको जानकारी दिनुभयो ।

मन्त्री रिजालले सरकार र पार्टी सञ्चालन फरक विषय भए पनि पार्टी भित्रको समर्थनलाई राजनीतिक पुँजीको संज्ञा दिँदै अहिलेको अवस्थामा त्यो राजनीतिक पुँजी आँफुसँग नरहेको ठहर गरी मन्त्री पदबाट राजीनामा दिने निर्णयमा पुगेको स्पष्ट पार्नुभयो ।

मन्त्री रिजालले आफू सांसदको हैसियतमा काम गरिनै रहने भएकाले सरकार र जनताका बीचमा आफू रहिरहने बताउनुभयो ।

डा. रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षा मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।