१३ बैशाख २०८१, बिहीबार

काममा फर्किन राखेपका सदस्यसचिव सिलवाललाई सर्वोच्च अदालतको अन्तरिम आदेश

ramesh silwal
फाइल फोटो

राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमा फर्किन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले आज (बुधवार) राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न तथा उहाँलाई काममा फर्किन अन्तरिम आदेश दिएको हो ।

सिलवाललाई गत कात्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गरेको थियो ।

आफूलाई सरकारले गरेको बर्खास्तीका विरुद्ध सिलवालले गत कात्तिक २८ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो ।