१५ चैत्र २०८०, बिहीबार

म निर्विकल्प सभापतिको उम्मेदवार हुँः विमलेन्द्र निधि

nidhi 750x375 1
फाइल फोटो

नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले आफू सभापतिको निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताएका छन् ।

शुक्रबारबाट सुरु हुन लागेको पार्टीको १४औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवारी घोषणा गरिसकेका उनले आफू निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताएका हुन् ।

शुक्रबारबाट १४औँ महाधिवेशन सुरु हुने भएपछि बिहीबार बस्न लागेको मौजुदा केन्द्रीय समितिको अन्तिम बैठकमा सहभागी हुन पार्टी कार्यालयमा पुगेका निधिले सभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

शेरबहादुर देउवाको सभापतिमा दाबेदारी सार्वजनिक भइसकेको छ भने रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कोइराला परिवारबाट साझा सभापतिको उम्मेदवार बनाउने प्रयास जारी छ । तर, आफूलाई दुवै पक्षबाट मत आउने निधिले दाबी गरे ।

बिहीबार बस्न लागेको केन्द्रीय समिति बैठकमा महाधिवेशनका विषयमा छलफल हुने आफूले जानकारी पाएको उनले बताए