११ बैशाख २०८१, मंगलवार

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक जारी, पौडेल र सिंह अनुपस्थित

Nepali Congress CC Meeting 2 1024x598 1
फाइल फोटो

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी भएको छ । पार्टी कार्यालय सानेपामा पौने २ बजे शुरू भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंह अनुपस्थित रहनुभएकाे छ ।

आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले लेखा प्रतिवेदन पेश गर्ने तयारी गर्नुभएकाे छ भने १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको अन्तिम बैठक भएकाले सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालमा सहयोग गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रमसमेत रहेकाे कांग्रेस स्राेतले जनाएकाे छ ।

बैठकमा सभापति शेरबहादुर देउवाले पदाधिकारी र केही केन्द्रीय सदस्य संख्या थपकाे प्रस्ताव लैजाने तयारी भएकाे बताइएकाे छ । तर वरिष्ठ नेता पाैडेल र नेता सिंह बैठकमा अनुपस्थित भएपछि पदाधिकारी संख्या थपकाे प्रस्ताव अन्याेलमा रहेकाे स्राेतकाे दाबी छ ।