६ चैत्र २०८०, मंगलवार

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, राष्ट्रपति भण्डारीले आज उद्घाटन गर्नुहुँदै

262968702 206632531640505 3094918976344800445 n

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दै हुनुहुन्छ ।

हिजोबाट सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन आज गर्न लागिएको हो । २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अनुभव तथा सिकाई बाँड्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २३ गतेसम्म हायत होटेलमा चल्नेछ।भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलनका लागि अमेरिका,भारत र न्युजिल्यान्डबाट विज्ञ सहभागी हुनुहुन्छ । कोभिडका कारण अन्य देशका विज्ञहरू भने जुमबाट सहभागी भइरहनुभएको छ ।