८ बैशाख २०८१, शनिबार

लिखित सहमति छ, पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म टुट्दैन: अध्यक्ष नेपाल

madhav
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनभित्र आगामी उपनिर्वाचनसम्म तालमेल गरेर जाने लिखित सहमति भएको बताउनुभएकाे छ । लिखित सहमति भएकाले निर्वाचनसम्म याे गठबन्धन कायम रहने अध्यक्ष नेपालले बताउनुभएकाे हाे ।

यो देशमा गठबन्धनको संस्कार बसेकाले यो तालमेल आगामी चुनावसम्म नटुटनेमा ठुक्क हुन अध्यक्ष नेपालले आग्रह गर्नुभएकाे थियाे ।

अधयक्ष नेपालले विराटनगर विमानस्थलमा साेमवार सञ्चारकर्मीसँग भन्नुभयाे, ‘गठबन्धन भित्रका दल आगामी उपनिर्वाचनसम्म चुनावी तालमेल गरेर अगाडि जाने लिखित सहमति भइसकेको छ, गठबन्धनको सरकार निर्माण हुने अवस्था देखिएका धेरै स्थानमा सम्भव भएका सिटहरुमा दाबा गर्नुपर्छ भन्नेमा हाम्रो निष्कर्ष रहेको छ ।’

आगामी निर्वाचनमार्फत गठबन्धनकै सरकार बन्ने उहाँकाे भनाइ थियाे ।

‘आजै चुनाव हुन्छ र पार लगाउँला भनेर कसै–कसैले सपना देखेका छन्, अर्ली इलेक्सन सम्भावना नभएकाे बताउँदै उहाँले भन्नुभयाे, ‘त्यो विपनामा परिणत हुने अवस्था छैन ।’