१४ बैशाख २०८१, शुक्रबार

सडकबाटै राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना गराउँछु : राजेन्द्र लिङ्देन

rajendra lingden

राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको मूल राजनीतिक प्रवाहमा पार्टीको एजेण्डा स्थापित गराउदै राप्रपालाई देशको अग्रणी पार्टी बनाएर लैजाने प्रतिवद्दता व्यक्त गर्नुभएको छ ।

आइतवार काठमाडौंमा आयोजित एक समारोहमा अध्यक्षको शपथ लिदै उहाँले सदनबाट नभए सडकबाट भए पनि राप्रपाको एजेण्डा स्थापित गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष लिङ्देनले पार्टीमा आफू नेतृत्वमा देखिए पनि पाका र अनुभवी नेताहरू साथमा रहेकाले एजेण्डा स्थापित गराउन सकिने विश्वास व्यक्त गर्नुभयो । राप्रपाले हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेण्डा लिएको उहाँले प्रष्ट पार्नुभयो ।

युद्धकालमा माओवादीका कार्यकर्ताको कुटाइबाट र एक दिनमात्र ढिलो उपचार भएको भए ज्यान जाने गरी बिरामीबाट बाँचेर आफू आएको भन्दै उहाँले अब पार्टीमा कुनै गुट बाँकी नरहेको बताउनुभयो ।

उहाँले नेपाली राजनीतिमा नेतृत्व हस्तान्तरणको व्यवस्था नहुदा राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताउनुभयो ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार पनि पूरा कार्यकालसम्म नटिक्ने अवस्था पार्टीको विधान र कानुनमा नेतृत्वको हस्तान्तरणको व्यवस्था नगरिएको कारण रहेको दाबी गर्नुभयो ।

यसैको अन्त्यका लागि राप्रपामा नयाँ नेतृत्व ल्याउनुपर्ने निष्कर्षसहित आफूले उम्मेदवारी दिएको लिङ्देनले जानकारी दिनुभयो ।

आगामी दिनमा पनि राप्रपा नेतृत्व हस्तान्तरणको अभियानमा अघि बढ्ने उहाँले बताउनुभयो ।