१२ बैशाख २०८१, बुधबार

पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने कांग्रेस प्रदेश सभापतिहरुको प्रतिबद्धता

Capture 1

नेपाली कांग्रेसका नवनिर्वाचित सभापतिहरुले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने बताएका छन ।

गण्डकी प्रदेशका नवनिर्वाचित सभापति शुक्रराज शर्माले कांग्रेसलाई बलियो बनाउने बताउनुभएको छ । उहाँले वडातहदेखि केन्द्रसम्म कांग्रेसलाई बलियो बनाउनमा भूमिका खेल्ने बताउनुभयो ।

पौडेल समूहबाट सभापतिको उम्मेदवार बनेका शर्माले कांग्रेसभित्र बसेर गुटगत राजनीति गर्ने छुट कसैलाई नभएको पनि बताउनुभयो ।

कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले कांग्रेसलाई जनमुखी पार्टीका रुपमा अघि बढाउने आफ्नो लक्ष्य पुरा गर्ने बताउनुभयो । उहाँले राज्यको नजरबाट हेपिएको तथा कम्न्युष्टको दवदवा रहेको प्रदेशमा कांग्रेसले जनमुखी काम गर्ने बताउनुभयो ।

कांग्रेसको कर्णाली प्रदेशमा शाहीको प्यानलै विजयी भएको थियो ।
यसैगरी, कांग्रेसका सुदूरपश्चिमका नवनिर्वाचित सभापति वीरबहादुर बलायरले पार्टीलाई एकढिक्का बनाउने बताउनुभएको छ ।

पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका बलायरले प्रदेशमा पार्टीलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्ध व्यक्त गर्नुभयो ।

प्रतिद्धन्द्धी नारायणदत्त मिश्रलाई फराकिलो मत अन्तरले पराजित गर्दै बलायर सभापति निर्वाचित हुनुभएको हो ।