१४ बैशाख २०८१, शुक्रबार

इजिप्टका प्रशिक्षकको खुशीयाली मनाउँदा मनाउँदै निधन

aa

इजिप्टका फुटबल प्रशिक्षक एडम एल सल्हेदारको जितको खुशीयाली मनाउने क्रममा भएको हृदयघातका कारण निधन भएको छ ।

बिहीबार इजिप्टको सेकेण्ड लिग अन्तर्गत एल जाग्राविरुद्धको खेलमा ९२औं मिनेटमा गोल गरेको थियो । अन्तिम मिनेटमा गोल गरेपछि खुशीयाली मनाउने क्रममा एल मग्डका ५३ वर्षीय प्रशिक्षक एल सल्हेदारलाई हृदयघात भयो ।

उनलाई हस्पिटल लगिएको थियो, तर निधन भएको छ । इजिप्टका चर्चित प्रशिक्षक सल्हेदारले खेलाडी जीवनमा इजिप्टियन प्रिमियर लिगको उपाधि समेत जितेका थिए ।

उनको क्लब एल माग्डले आगामी खेलहरु रोकेर ६ दिन शोक मनाउने निर्णय गरेको छ ।

61ab629585f5405a997e0b83

    सम्बन्धित समाचार...